spot_img

वीरगञ्जको चिनीमिल आवास क्षेत्रनजिकै नालामा पुरुषको शव फेला

spot_img
spot_img

वीरगञ्ज, २९ साउन । वीरगञ्ज महानगरपालिका–१४ निवासी करिब ४६ वर्षीय जंगबहादुर पासवान नालामा मृत अवस्थामा फेला परेका छन् । वीरगञ्ज महानगरपालिका–चिनीमिल आवास क्षेत्रसँगै रहेको नालामा पासवानको शव फेला परेको हो । स्थानीयवासीले नालामा पुरुषको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले पासवानलाई नालाबाट उद्धार गरी उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पताल पुर्‍याएको थियो । तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतक पासवानको पहिचान उनका छोरा मन्दीप पासवानले गरेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । पासवानको मृत्यु कसरी भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

यसैबीच, बिहीबार साँझ वीरगञ्जमा एक पुरुष नालामा लडेको अवस्थामा फेला परेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साको छेउमा रहेको नालामा लडेको अवस्थामा भेटिएका ती पुरुषलाई प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्‍याएको थियो । उनको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मंगलबार सोही क्षेत्रमा एक नवजात शिशुको शवसमेत फेला परेको थियो ।

वीरगञ्जमा रातिको समयमा प्रहरीको गस्ती तथा निगरानी प्रभावकारी नभएको भन्दै प्रश्न उठिरहेका बेला छोटो अवधिमै नालासँग सम्बन्धित एकपछि अर्को घटना बाहिर आएका छन् । पछिल्ला घटनाले वीरगञ्जको सुरक्षा व्यवस्थाप्रति थप चासो बढाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय