spot_img

‘मिसन पार्टी जागरण’ उद्घाटन गर्न ओली भोलि झापा जाँदै

spot_img
spot_img

काठमाडौं,२९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृह जिल्ला झापा जाने भएका छन्। एमालेले सञ्चालन गरिरहेको ‘मिसन पार्टी जागरण’ अभियानको झापा जिल्लामा हुने उद्घाटन कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन्।

एमाले नेताहरूका अनुसार ओली शनिबार बिहान करिब १० बजे झापा पुग्ने कार्यक्रम छ। जिल्ला पार्टीले अभियानको औपचारिक सुरुवात भने आइतबार दिउँसो साढे १२ बजे बिर्तामोडमा गर्ने तयारी गरेको छ।

एमाले नेता रविन कोइरालाका अनुसार आदिवासी जनजाति महासंघसँग सम्बन्धित कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले ओली अभियान उद्घाटनभन्दा एक दिनअघि नै झापा पुग्न लागेका हुन्।

एमालेले पछिल्लो समय देशका विभिन्न जिल्लामा ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरिरहेको छ। अन्य जिल्लामा पार्टीका महासचिव शंकर पोखरेललगायत नेताहरूले अभियानको उद्घाटन गरिसकेका छन्।

ओलीको गृह जिल्ला भएकाले झापामा भने उनैलाई प्रमुख अतिथि बनाएर अभियान उद्घाटन गर्ने तयारी गरिएको छ। पार्टी संगठनलाई थप सक्रिय बनाउने र कार्यकर्ताबीच राजनीतिक जागरण बढाउने उद्देश्यले एमालेले जिल्लास्तरमा अभियान सञ्चालन गरिरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय