spot_img

सिरहामा भारतीय मोटरसाइकलबाट ४९ किलोभन्दा बढी गाँजा बरामद

spot_img
spot_img

सिरहा,२९ साउन । सिरहामा सशस्त्र प्रहरीले ४९ किलो ७६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको गस्ती टोलीले शुक्रबार बिहान औरही गाउँपालिका–४ खजनपुरबाट गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बिहान करिब ३ः२२ बजे नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३२ एम ३०५७ नम्बरको भारतीय मोटरसाइकललाई गस्ती टोलीले शङ्का लागेर रोक्न खोजेको थियो। प्रहरीलाई देखेपछि मोटरसाइकल चालक सवारीसाधन छाडेर फरार भएका थिए।

त्यसपछि मोटरसाइकलमा राखिएको बोरा जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सुमनजङ्ग थापाले जानकारी दिए।

बरामद गाँजा र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय