spot_img

देउवाकै नेतृत्वमा कांग्रेसलाई पुनः एकीकृत गर्नुपर्छ : रमेश लेखक

spot_img
spot_img

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएको विभाजनको अवस्था अन्त्य गर्दै पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेसलाई पुनः एकीकृत गर्नुपर्ने बताएका छन्।

शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लेखकले विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थामा पुगेको दाबी गरे। उनले अब पार्टीलाई एकताबद्ध बनाउन देउवाको नेतृत्व आवश्यक रहेको बताए।

‘हामीले विशेष महाधिवेशन रोक्न सकेनौं। विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थामा पुगेको छ,’ लेखकले भने, ‘त्यसकारण शेरबहादुर देउवा दाइको नेतृत्वमा पार्टीलाई फेरि एकीकृत गर्नुपर्छ।’

उनले देउवा वैधानिक रूपमा सभापति पदका लागि पुनः प्रतिस्पर्धा गर्ने अवस्थामा नरहेको र राजनीतिक रूपमा पनि आफू प्रतिस्पर्धामा नउत्रिने घोषणा गरिसकेको उल्लेख गरे। नेतृत्व परिवर्तनको आवश्यकता भए पनि त्यसका लागि नियमित महाधिवेशनको प्रक्रिया पर्खनुपर्ने उनको भनाइ थियो।

विशेष महाधिवेशनबाट पार्टीभित्र स्वाभाविक रूपमा हुनुपर्ने नेतृत्व हस्तान्तरणलाई हतारमा अघि बढाइएको लेखकको टिप्पणी थियो। उनले विशेष महाधिवेशनको प्रक्रियालाई प्राकृतिक रूपमा सन्तान जन्माउने समय नपुग्दै जबर्जस्ती शल्यक्रिया गरेर बच्चा जन्माउने प्रयाससँग तुलना गरे।

लेखकले नियमित रूपमा १५औँ महाधिवेशनमा अघि बढेको भए स्वाभाविक प्रक्रियाबाट नयाँ नेतृत्व आउने अवस्था रहेको बताए। तर विशेष महाधिवेशनमार्फत हतारमा नेतृत्व परिवर्तन गर्न खोज्दा पार्टीमा थप समस्या उत्पन्न भएको उनको भनाइ थियो।

‘स्वाभाविक जन्मलाई हतार गरेर अस्वाभाविक जन्मका रूपमा अघि बढायौं भने सन्तान पनि सशक्त हुन सक्दैन र आमाको शरीरमा पनि प्रतिकूल असर पर्छ,’ उनले भने, ‘अहिले कांग्रेसमा भएको त्यही हो।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय