spot_img

आज देशभर वर्षा र हिमपातको सम्भावना

spot_img
spot_img

काठमाडौं,३० साउन । मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा हिमपातसँगै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढेको छ।

हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। अन्य भूभागमा आंशिक बदली रहेको र कोशी, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ।

बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनीका तराई र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ।

भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम उच्च हुने भएकाले नदी किनार र भिरालो भूभाग आसपास बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

लगातारको वर्षाले जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले महाशाखाले जारी गर्ने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय