spot_img

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा जाँदै ओली

spot_img
spot_img

काठमाडौँ,३० साउन  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार चुनावपछि पहिलोपटक आफ्नो गृहजिल्ला झापा जाने भएका छन्। ओली झापा र इलाममा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

ओलीले झापामा विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उनी इलामको फिक्कल पुग्ने तयारीमा छन्। फिक्कलमा हुने जनजाति महासंघको बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलाम नगर कमिटीका अध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार ओलीले इलाममा अन्य विभिन्न कार्यक्रममा समेत सहभागिता जनाउने छन्। पूर्वी नेपालको भ्रमणका क्रममा झापा र इलामका पार्टीगत तथा अन्य कार्यक्रममा सहभागी हुने उनको तयारी छ।

चुनावपछि ओली पहिलोपटक गृहजिल्ला जान लागेका हुन्। निर्वाचनलगत्तै पितृशोक तथा गिरफ्तारीलगायतका परिस्थितिका कारण उनी झापा जान नपाएको उनको सचिवालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय