spot_img

दार्चुलामा पहिरो खस्दा तीन जना घाइते

spot_img
spot_img

धनगढी,३० साउन  । दार्चुलाको महाकाली नगरपालिका–४ रिंगलताल बांगाबगरमा पहिरो खस्दा तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार बांगाबगरस्थित ब्रह्म होटल एण्ड लजमाथिबाट अचानक पहिरो खसेको हो। पहिरोमा परेर दुहुँ गाउँपालिका–४ का २० वर्षीय सुरज कुँवर तथा मालिकार्जुन गाउँपालिका–२ का ४२ वर्षीया भागरती धामी र ४५ वर्षीय भगतसिंह धामी घाइते भएका छन्।

दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार पहिरोमा परेका तीनै जनाको तत्काल उद्धार गरिएको थियो। उद्धारपछि उनीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

पहिरो खस्नुको कारण र घटनाबाट भएको अन्य क्षतिको विवरणबारे प्रहरीले आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय