spot_img

चितवनको फायर क्लबमा दुई समूहबीच कुटपिट, चारजना घाइते

spot_img
spot_img

चितवन,३० साउन  । भरतपुरको एक क्लबमा दुई समूहबीच भएको विवाद कुटपिटमा परिणत हुँदा चारजना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा शनिबार बिहान करिब १ः१५ बजे घटना भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा भरतपुर–४ का ३२ वर्षीय हिमाल रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धानका लागि क्लबका सञ्चालक भरतपुर–१७ का ३६ वर्षीय राकेश तामाङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालका अनुसार तामाङलाई कुटपिटमा संलग्न भएको आरोपमा नभई घटनाको वास्तविकता बुझ्न र सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

कुटपिटमा नवलपुरको बौदीकाली गाउँपालिका–१ का १७ वर्षीय मदन क्षेत्री, भरतपुर–१७ का २६ वर्षीय रोहन तामाङ, कालिका नगरपालिका–९ का २३ वर्षीय विशाल मगर र कपिलवस्तुको तौलिहवा नगरपालिका–१ का ३५ वर्षीय मो. सरपराज घाइते भएका छन्।

घाइते चारैजनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरू सामान्यदेखि मध्यम प्रकृतिका घाइते रहेको प्रहरीले जनाएको छ।

घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। कुटपिटमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय