बीरगन्ज,३० साउन । वीरगन्जमा मेनरोड विस्तारको काम आज पनि जारी छ। सडक विस्तारका क्रममा घण्टाघरस्थित नेपाल टेलिकमको भवनमा समेत डोजर चलाएर भत्काउने काम भइरहेको छ।
मेनरोड विस्तारको काम रोक्न नेपाल दूरसञ्चार कम्पनीले उच्च अदालत जनकपुरमा ‘स्टे अर्डर’ माग गरेको थियो। अदालतले रोक लगाउने आदेश जारी गरे पनि उक्त आदेशसम्बन्धी कुनै आधिकारिक पत्र सडक डिभिजन कार्यालयमा प्राप्त नभएको कार्यालयले जनाएको छ।
यसैबीच, सडक डिभिजनले आज बिहान ६ बजेदेखि टेलिकमको भवनमा दुईवटा डोजर परिचालन गरी भत्काउने काम अघि बढाएको हो। सडक डिभिजनका अनुसार आज साँझ ६ बजेसम्ममा भवन पूर्ण रूपमा भत्काइसक्ने लक्ष्य राखिएको छ।
मेनरोड विस्तारका क्रममा सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने कामलाई तीव्रता दिइएको सडक डिभिजनले जनाएको छ।




