spot_img

एआई र सूचना प्रविधिको सही सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

spot_img
spot_img

काठमाडौं, ३० साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्रान्तिलाई सही तथा सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रविधिको विकाससँगै विश्व तीव्र गतिमा परिवर्तन भइरहेकाले त्यसअनुसार आफूलाई अनुकूलन गर्ने क्षमता विकास गर्न आवश्यक रहेको बताए।

उनले एआई र सूचना प्रविधि अवसरसँगै चुनौती पनि भएकाले यसको प्रयोग सिर्जनात्मक, सकारात्मक र जिम्मेवार ढंगले गर्नुपर्ने धारणा राखे। बदलिँदो प्रविधिसँग प्रतिस्पर्धा गर्न युवापुस्ताले नयाँ ज्ञान र सीप हासिल गर्दै आफूलाई समयअनुकूल बनाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले १६ देखि २७ वर्ष उमेर समूहका युवामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे। यस्तो समस्या समाधानका लागि परिवार, विद्यालय र समाजमा खुला संवादको वातावरण निर्माण गर्नुपर्ने उनले बताए।

युवालाई रचनात्मक गतिविधिमा सहभागी गराउने, आफ्ना समस्या र भावना खुलेर व्यक्त गर्न प्रोत्साहित गर्ने तथा प्रविधिको सकारात्मक प्रयोगतर्फ अभिमुख गराउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए।

उनले बदलिँदो विश्व परिवेशमा प्रविधिसँग डराउनेभन्दा त्यसलाई सही ढंगले बुझेर शिक्षा, रोजगारी, सिर्जनशीलता र सामाजिक विकासका क्षेत्रमा उपयोग गर्नुपर्ने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय