spot_img

गुडविल सोसाइटीद्वारा रक्तदान कार्यक्रम, ४२ जनाले दिए रगत

spot_img
spot_img

वीरगन्ज,३० साउन । वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित इदगाह चोकमा आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन्।

शनिबार गुडविल सोसाइटीले आयोजना गरेको कार्यक्रममा महिलासहित ४२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।

रक्तदान गर्नेमा सम्सुल हक अन्सारी, साहिल अन्सारी, अख्तर अली, बसीर मियाँ, विवेक गुप्ता, मुमताज मियाँ, जुमारत मियाँ, सजाद हुसेन, नवीर आलम, दीपेन्द्र कार्की, कृष्ण साह, राजा कुरेसी, रविन्द्र दासलगायत रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले रक्तदानजस्ता सामाजिक कार्यले मानिसको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता मानवीय कार्यमा समाजका सबै वर्गको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।

गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्ज महानगरपालिका–२ का वडाध्यक्ष रेयाज मियाँ तेली, वडा सदस्य बासिर मियाँ हजामलगायतको उपस्थिति रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय