spot_img

भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री शाहको शुभकामना, सम्बन्ध अझ बलियो हुने विश्वास

spot_img
spot_img

काठमाडौं,३० साउन । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल एक्समार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका हुन्।

उनले दुई देशबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता तथा आपसी सहकार्यलाई आगामी वर्षहरूमा अझ बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाओस् भन्ने कामनासहित भारतीय प्रधानमन्त्री मोदी, भारत सरकार र मैत्रीपूर्ण भारतीय जनताप्रति शुभकामना व्यक्त गरेका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय