spot_img

लहान अस्पतालमा ट्रमा सेवा सुरु गर्ने स्वास्थ्यमन्त्री मेहताको घोषणा

spot_img
spot_img

बीरगन्ज,३० साउन । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताएकी छन्।

लहान अस्पतालको निरीक्षणका क्रममा मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन निर्माण तथा विशेषज्ञ चिकित्सकको व्यवस्थापनमा समय लाग्ने भएकाले नागरिकलाई तत्काल सेवा उपलब्ध गराउन ट्रमा युनिट सञ्चालन गर्न लागिएको जानकारी दिइन्।

उनका अनुसार अस्पतालमा सिटी स्क्यान, ब्लड बैंक र आँखा अस्पतालजस्ता आवश्यक पूर्वाधार उपलब्ध छन्। अब अर्थोपेडिक सर्जन र एनेस्थेसिया विशेषज्ञसहितको टोली परिचालन गरी ट्रमा युनिटबाट सेवा सुरु गरिनेछ।

मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको स्पष्ट पार्दै निजी अस्पतालमा बीमा सेवा रोकिए पनि सरकारी अस्पतालमा सेवा नियमित रूपमा सञ्चालन भइरहेको बताइन्।

उनका अनुसार करिब ९३ प्रतिशत नागरिक सरकारी स्वास्थ्य संस्थामा निर्भर छन्। बीमा कार्यक्रमअन्तर्गतका अव्यावहारिक प्याकेज पुनरावलोकन भइरहेको र करिब १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको रकम भुक्तानी भइसकेको उनले जानकारी दिइन्।

यसैगरी, तराई क्षेत्रमा देखिएको सर्पदंशको औषधि अभाव समाधान गर्न काठमाडौं आइपुगेको ८ हजार ५ सय भायल ‘एन्टी स्नेक भेनम’ आइतबारदेखि देशभर वितरण सुरु गरिने मन्त्री मेहताले बताइन्।

उनले देशका कुनै पनि क्षेत्रमा सर्पदंशको औषधि अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरिन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय