spot_img

मन्त्री मेहताद्वारा गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण

spot_img
spot_img

राजविराज,३१ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन गर्दै स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउने बताएकी छन्।

मन्त्री मेहताले प्रतिष्ठान निर्माणका लागि प्रस्तावित जग्गाको निरीक्षण गर्दै त्यसको अवस्था, आवश्यक पूर्वाधार र आगामी प्रक्रियाबारे जानकारी लिएकी हुन्। उनले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको जानकारी दिँदै प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने सरकारको प्रतिबद्धता रहेको बताइन्।

त्यसैगरी मन्त्री मेहताले राजविराजस्थित Gajendra Narayan Singh Hospital को निरीक्षण गरी अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार र जनशक्तिको अवस्थाबारे जानकारी लिएकी छन्।

निरीक्षणका क्रममा उनले अस्पतालको सेवा विस्तार तथा सुधारका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सेवा उपलब्ध गराउन मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गर्ने बताइन्।

मन्त्री मेहताले अस्पताल हस्तान्तरणको प्रक्रिया आगामी भदौ मसान्तसम्म सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरेकी छन्। हस्तान्तरण प्रक्रिया पूरा भएपछि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरी अस्पतालको सेवा विस्तारमा मन्त्रालयले सहजीकरण गर्ने उनको भनाइ छ।

स्थानीय नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सङ्घ, प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री मेहताले बताइन्।

उनले स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्दै सप्तरीसहित आसपासका जिल्लाका नागरिकले समेत सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय