काठमाडौँ,३१ साउन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी सचिवालयको विस्तारित बैठकले मंसिर ५, ६ र ७ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। सम्मेलनमार्फत पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा भावी रणनीतिबारे छलफल हुने जनाइएको छ।
बैठकले पार्टीको संरक्षकको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ लाई दिने निर्णयसमेत गरेको छ।
यसैबीच, बैठकले दुर्गा सोव नेतृत्वको समूह तथा राम कार्कीलाई पार्टीबाट बिदाइ गरेको छ। उनीहरूलाई आगामी राजनीतिक यात्राका लागि शुभकामना दिँदै बिदाइ गरिएको पार्टीले जनाएको छ।
राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्रता दिँदै संगठनात्मक गतिविधि अघि बढाउने निर्णयसमेत बैठकले गरेको बताइएको छ।




