spot_img

सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

spot_img
spot_img

काठमाडौं,०१ भदाै । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरीले यसअघि अदालतबाट पाएको तीन दिनको म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै श्रेष्ठलाई पुनः अदालतमा उपस्थित गराएर थप समय माग गरेको थियो । अदालतले प्रहरीको मागअनुसार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गत बुधबार पक्राउ गरेको थियो । प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच, श्रेष्ठको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ हुँदैछ । उक्त रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय