काठमाडौं,०३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले आगामी स्थानीय तह निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।
उनले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै विदेशमा रहेका नेपालीले समेत आफ्नो मताधिकार प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन आवश्यक तयारी अहिलेबाटै सुरु गर्नुपर्ने बताए।
आचार्यले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखेर आवश्यक कानुन निर्माण तथा कार्यान्वयनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेका हुन्।




