spot_img

चोलेन्द्रको महाअभियोग निष्क्रिय पार्ने पत्रविरुद्धको रिटमा सुनुवाइ जारी

spot_img
spot_img

काठमाडौं,०३ भदाै । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग निष्क्रिय भएको भन्दै संसद् सचिवालयका तत्कालीन महासचिव भरतमणि गौतमले दिएको पत्रविरुद्ध दायर रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटमाथि बहस भए पनि सुनुवाइ पूरा हुन नसकेपछि मुद्दालाई आगामी भदौ १० गतेका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

रिटमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, टीकाराम भट्टराई, शम्भु थापा र हरिहर दाहाललगायतले बहस गरेका थिए।

२०७९ मंसिर २१ गते तत्कालीन महासचिव गौतमले जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको उल्लेख गर्दै पत्र दिएका थिए। उक्त पत्रपछि जबरा सर्वोच्च अदालत फर्किने तयारीमा थिए।

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले तत्काल विरोध तथा धर्ना दिएका थिए। सरकारले समेत जबराविरुद्धको महाअभियोग अर्को प्रतिनिधिसभाले टुंगो लगाउने र उनीमाथिको निलम्बन कायमै रहने धारणा सार्वजनिक गरेपछि उनी सर्वोच्च फर्किन सकेका थिएनन्।

यसैबीच, संसद् सचिवालयका महासचिवले दिएको महाअभियोग निष्क्रिय भएको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च बारका पदाधिकारीहरूले संवैधानिक इजलासमा रिट दायर गरेका थिए। सोही रिटमाथि अहिले सर्वोच्चमा सुनुवाइ भइरहेको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय