spot_img

जेनजी सहिद परिवार र घाइतेलाई सवारी खरिदमा शतप्रतिशत कर छुट

spot_img
spot_img

काठमाडौं,०३ भदौ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर घाइतेलाई स्वरोजगारका लागि सवारीसाधन खरिद गर्दा शतप्रतिशत कर छुट दिने निर्णय गरेको छ।

अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै एकीकृत प्याकेजअन्तर्गत यस्तो सुविधा उपलब्ध गराउने जनाएको हो। चालु आर्थिक वर्ष २०८३/८४ का लागि लागू हुने व्यवस्थाअनुसार पेट्रोल तथा डिजेलबाट चल्ने अधिकतम १५ लाख रुपैयाँसम्मका र विद्युतीय अधिकतम २० लाख रुपैयाँसम्म कारोबार मूल्य भएका सवारीसाधनमा लाग्ने कर तथा महसुल पूर्णरूपमा छुट हुनेछ।

तर हिउँमा चल्ने सवारी, गल्फ कार, स्टेसन वागन, रेसिङ कार तथा विभिन्न उपशीर्षकअन्तर्गतका अनएसेम्बल्ड सवारीसाधनमा भने यस्तो छुट लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ।

छुट सुविधा लिन जेनजी आन्दोलनका सहिद परिवार, अतिगम्भीर वा गम्भीर घाइते भएको प्रमाणित परिचयपत्र आवश्यक पर्नेछ।

यसैगरी नेपालमा पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्णरूपमा छुट दिने निर्णयसमेत गरिएको मन्त्रालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय