spot_img

सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएपछि गोविन्दा–सुनिताको सम्बन्धमा आयो नयाँ मोड

spot_img
spot_img

काठमाडौ,०५ भदौ । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको वैवाहिक सम्बन्धलाई लिएर लामो समयदेखि चलिरहेको चर्चा फेरि नयाँ मोडमा पुगेको छ। सम्बन्धविच्छेदको खबरले चर्चामा रहेको यो जोडीबीचको विवाद अहिले केही मत्थर हुने संकेत देखिएको छ।

सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदसम्बन्धी मुद्दा फिर्ता लिएको गोविन्दाका म्यानेजर शशि सिन्हाले पुष्टि गरेका छन्। मुद्दा फिर्ता लिएसँगै उनीहरूबीचको सम्बन्धलाई लिएर बलिउडमा फेरि चासो बढेको हो।

यसअघि गोविन्दा र सुनिताको वैवाहिक सम्बन्धमा समस्या रहेको भन्दै विभिन्न चर्चा हुँदै आएका थिए। उनीहरूबीचको सम्बन्धलाई लिएर सार्वजनिक रूपमा आएका अभिव्यक्ति तथा उनीहरूको दूरी र निकटताले पनि अड्कलबाजीलाई थप बल दिएको थियो।

बुधबार सुनिता छोरा यशवर्धनसँगै मुम्बईस्थित बान्द्रा पारिवारिक अदालत पुगेपछि यो विषय फेरि चर्चामा आएको हो। अदालत पुगेको विषयमा पापाराजीले प्रश्न गर्दा सुनिताले गम्भीर विषयलाई हल्का ढंगले लिँदै आफू ‘जन्मदिन मनाउन’ आएको भन्दै ठट्टा गरेकी थिइन्।

यद्यपि, अदालतमा उनको उपस्थितिको वास्तविक कारण सम्बन्धविच्छेदको मुद्दासँग जोडिएको बताइएको छ। पछि मुद्दा फिर्ता लिएको पुष्टि भएपछि गोविन्दा र सुनिताको वैवाहिक सम्बन्धमा आएको पछिल्लो परिवर्तनबारे बलिउडमा विभिन्न चर्चा सुरु भएको छ।

दुवैबीचको सम्बन्ध अब कुन दिशामा अघि बढ्छ भन्ने विषयमा उनीहरूबाट औपचारिक रूपमा थप धारणा सार्वजनिक हुन भने बाँकी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय