spot_img

जितपुर घटनाका दोषीलाई कडा कारबाही गर्न कुलमान घिसिङको माग

spot_img
spot_img

काठमाडौँ,०६ भदाै । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाराको जितपुरसिमरामा बालिकाको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका घिसिङले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका हुन्।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराइरहेकी बालिका भदौ २ गते सोही स्थानको एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उज्यालो नेपाल पार्टीले बालिकामाथि भएको जघन्य अपराधले मुलुकमा बालबालिकाको सुरक्षा र उनीहरूको संरक्षणप्रति राज्यको दायित्वमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।

पार्टीले घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन र पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय