spot_img

गगन थापाको हातबाट टीका लगाउँदै रास्वपा नेता न्यौपाने कांग्रेसमा प्रवेश

spot_img
spot_img

काठमाडौं,०७ भदौ । सर्लाहीको हरिवन नगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले आइतबार काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे। देश कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले मुलुकलाई सही दिशामा अघि बढाउन कांग्रेस सभापति थापाको नेतृत्वमा पार्टी सक्रिय रहेकाले आफू कांग्रेसमा आबद्ध भएको बताए।

कांग्रेसमा रहेर आगामी दिनमा जनताको सेवामा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता पनि न्यौपानेले व्यक्त गरे।

पार्टी प्रवेश कार्यक्रममा सभापति थापाले न्यौपानेलाई कांग्रेसका नेता तथा कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय रूपमा काम गर्न आग्रह गरे। न्यौपानेको प्रवेशले सर्लाहीमा कांग्रेसको संगठन विस्तारमा थप सहयोग पुग्ने थापाको भनाइ थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय