spot_img

ग्यास अभाव छैन, आत्तिनु पर्दैन : रास्वपा सांसद पराजुली

spot_img
spot_img

काठमाडौं,०८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको बताएका छन्। उनले देशभरका ग्यास उद्योगमा पर्याप्त मौज्दात रहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा आत्तिन आवश्यक नरहेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पराजुलीले ग्यास अभाव हुने आशंकामा उपभोक्ताले घरमा भएका सबै सिलिन्डर एकैपटक भर्न खोज्दा अनावश्यक भीड र लामो लाइन बढेको बताएका छन्।

उनले धेरै सिलिन्डर भएका उपभोक्तालाई तत्काल सबै सिलिन्डर भर्न हतार नगर्न आग्रह गर्दै एउटा मात्र सिलिन्डर भएका तथा ग्यास सकिएर समस्यामा परेका परिवारलाई प्राथमिकता दिनुपर्ने बताए।

पराजुलीले सम्बन्धित डिपोमार्फत उपभोक्ताको आवश्यकताका आधारमा ग्यास वितरणको व्यवस्था गर्न सकिने बताएका छन्। केही दिनभित्र ग्यासको आपूर्ति नियमित अवस्थाभन्दा पनि सहज हुने उनको दाबी छ।

ग्यास वितरणलाई आवश्यकताका आधारमा व्यवस्थित गर्न सके अनावश्यक भीड र लामो लाइनसमेत घटाउन सकिने उनले बताएका छन्। उनको आग्रह छ, ‘अभाव छैन, आत्तिनु पर्दैन। आवश्यकता भएकालाई पहिलो प्राथमिकता दिऔँ।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय