spot_img

‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न नेकपाको माग

spot_img
spot_img

काठमाडौँ,०८ भदाै । प्रतिपक्षी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभर बालिकामाथि बढ्दो हिंसा, बलात्कार र असुरक्षाका घटनालाई सम्बोधन गर्न सरकारसँग ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न माग गरेको छ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले राज्यकै नेतृत्वमा राष्ट्रियस्तरको जनचेतनामूलक अभियान आवश्यक भइसकेको बताए।

बाराको ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दुलालले यस्ता घटनाले समाजको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको बताए। उनले सरकारलाई ढिला नगरी बालिकाको सुरक्षा र संरक्षणका लागि प्रभावकारी अभियान सञ्चालन गर्न आग्रह गरे।

दुलालले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। कास्की र मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्रीले भीभीआईपी प्रोटोकल पालना नगरेको भन्दै उनले प्रधानमन्त्री व्यक्तिगत रूपमा मात्र नभई राज्यको प्रतिनिधिका रूपमा सार्वजनिक भूमिकामा रहने भएकाले राज्यको गरिमा र स्थापित विधि–पद्धतिको ख्याल गर्नुपर्ने बताए।

उनले प्रधानमन्त्रीको व्यक्तिगत चाहनाभन्दा राज्यको कानुन, विधि र संस्थागत पद्धति महत्वपूर्ण हुने धारणा राखे।

त्यसैगरी, बढ्दो महँगीका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भइरहेको भन्दै दुलालले अर्थमन्त्री स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराए। उनले महँगी नियन्त्रणका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरे।

प्राकृतिक स्रोतको उपयोगबारे पनि धारणा राख्दै दुलालले नेपालको पानी विदेश निर्यात गर्न विभिन्न कम्पनीहरूले अनुमति पर्खिरहेको जानकारी दिए। नेपालको प्राकृतिक स्रोतको व्यवस्थित र लाभदायी उपयोगका लागि सरकारले आवश्यक नीति तथा प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय