spot_img

‘जनतामा हाम्रो सरकारको प्रभाव र विश्वास घट्दै गएको छ’ : अमरेश कुमार सिंह

spot_img
spot_img

काठमाडौँ,०८ भदाै । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारप्रति जनताको विश्वास र प्रभाव क्रमशः कमजोर हुँदै गएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले पछिल्लो समय भएका बालिका बलात्कार तथा हत्या लगायतका घटनाले समाजको अवस्था गम्भीर बन्दै गएको बताए। तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या र सप्तरीमा बालिकाको हत्याको घटनाले आफूलाई गहिरो रूपमा मर्माहत बनाएको उनले बताए।

यी घटनालाई केवल छुट्टाछुट्टै आपराधिक घटना मानेर हेर्न नहुने उनको भनाइ थियो। सरकार गठन भएयता विभिन्न क्षेत्रमा भएका आन्दोलन, सामाजिक तथा धार्मिक सद्भावसँग जोडिएका विवाद र पीडितका समस्याले राज्यप्रतिको जनविश्वासमा प्रश्न उठाएको उनले बताए।

सिंहले मिटरब्याज पीडित, लघुवित्त पीडित तथा चिकित्सकसम्बन्धी आन्दोलनलगायतका घटनालाई उदाहरण दिँदै सरकारको प्रभावकारितामाथि प्रश्न उठाए। उनका अनुसार यस्ता निरन्तरका घटना र आन्दोलनले जनतामा सरकारप्रति विश्वास घटिरहेको संकेत गर्छ।

उनले देशमा अराजकता, अस्थिरता, हत्या, हिंसा र बलात्कारजस्ता घटना बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। विभिन्न आन्दोलन र आपराधिक घटनाले नेपाली जनता पीडामा रहेको अवस्थालाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ।

सांसद सिंहले समाजमा बेथिति बढ्दै जाँदा राज्य र सामाजिक संस्थाप्रतिको विश्वास कमजोर हुने र त्यसको परिणामस्वरूप अपराधसमेत बढ्न सक्ने बताए। त्यसैले जनताको विश्वास पुनःस्थापित गर्न सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय