spot_img

आसिफको विस्फोटक शतकमा मलेसियामाथि नेपालको शानदार जित

spot_img
spot_img

काठमाडौं,०९ भदौ । ओपनर आसिफ शेखको आक्रामक शतकप्रेरित प्रदर्शनसँगै नेपालले एसीसी प्रिमियर कपअघिको अभ्यास खेलमा मलेसियामाथि शानदार जित निकालेको छ।

मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाका कारण खेल ४८ ओभरमा छोट्याइएको थियो। संशोधित लक्ष्य २२८ रन पाएको नेपालले उक्त लक्ष्य २८ ओभरमै पूरा गर्दै प्रभावशाली जित दर्ता गर्‍यो।
नेपालको जितमा आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरे।

उनले ८५ बलमा १६१ रनको विस्फोटक पारी खेले। आसिफले अर्का ओपनर अर्जुन कुमालसँग मिलेर पहिलो विकेटका लागि २२० रनको शानदार साझेदारी गरे। अर्जुनले ६१ रन बनाएर अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनाएको थियो। उसका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए।

नेपालले आक्रामक ब्याटिङ गर्दै लक्ष्य सहजै पार गरेपछि अभ्यास खेलमा मलेसियामाथि एकतर्फी जित हासिल गरेको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय