वीरगञ्ज । भारतको रक्सौलस्थित हरैया क्षेत्रमा प्रेमीले विवाह गर्न नमानेको भन्दै एक युवती हातमा चक्कु लिएर मोबाइल टावरमा चढेकी छन्।
मंगलबार बिहान करिब ७ बजे टावरमा चढेर उनले आफूलाई प्रेमीसँग विवाह गराइदिन माग गर्दै तल नझर्ने र आत्महत्या गर्ने धम्की दिएकी थिइन्।
घटनाको जानकारी पाएपछि प्रहरी र प्रशासनको टोली घटनास्थल पुगेर सम्झाइबुझाइ गरेको थियो। करिब साढे दुई घण्टापछि प्रहरीको पहलमा युवतीलाई सकुशल टावरबाट उद्धार गरिएको हो।




