spot_img

वीरगञ्जमा डाइनामिक एआई एण्ड एजुकेशन समिट–२०२६ सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । डाइनामिक टेक्नोसफ्टको आयोजनामा वीरगञ्जमा ‘डाइनामिक एआई एण्ड एजुकेशन समिट–२०२६’ सम्पन्न भएको छ।
वीरगञ्जस्थित होटल सिद्धार्थ दियालो लर्ड्स होटलमा बुधबार आयोजित समिटको उद्घाटन आयोजक संस्था डाइनामिक टेक्नोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक साहले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

कार्यक्रमको सञ्चालन सूर्य शुभचिन्तकले गरेका थिए। समिटमा वीरगञ्जका विभिन्न विद्यालय तथा कलेजका प्रतिनिधि, डाइनामिक टेक्नोसफ्टका सफ्टवेयर प्रयोगकर्ता कम्पनीका प्रतिनिधि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा डाइनामिक टेक्नोसफ्टका फाउन्डर सचिन साह, अर्जुन साह, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, एनप्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

समिटमा शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग, प्रविधिमैत्री शिक्षाको विकास तथा शैक्षिक संस्थामा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगलगायतका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।

डाइनामिक टेक्नोसफ्टले शिक्षा तथा व्यवसायिक क्षेत्रमा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न डिजिटल सफ्टवेयर तथा प्रविधि समाधानहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

समिटले शिक्षा क्षेत्रका सरोकारवाला, प्रविधि क्षेत्रका प्रतिनिधि तथा सफ्टवेयर प्रयोगकर्ता संस्थाबीच अनुभव आदान–प्रदान र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय