spot_img

विपद् सामना गर्न स्रोत–साधनको अभाव हुँदैन : अर्थमन्त्री वाग्ले

spot_img
spot_img

काठमाडौं,११ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्बाट उत्पन्न संकट सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने बताएका छन्।

सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले तत्काल उद्धार तथा राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्म आवश्यक बजेटको पूर्ण सुनिश्चितता भइसकेको जानकारी दिए।

उनका अनुसार घटनालगत्तै विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भएको छ। त्यस्तै चीन, भारत, जापान, एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) बाट समेत महत्वपूर्ण सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले बताए।

चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा गृह मन्त्रालयको कोषमा गरी ३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

विपद्को यस कठिन घडीमा प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिनु सकारात्मक भएको उल्लेख गर्दै उनले उद्धार, राहत र पुनर्निर्माणका काममा बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय