spot_img

कांग्रेस संसदीय दलको बैठक आज

spot_img
spot_img

काठमाडौँ,१५ भदाै । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

संसदीय दलको कार्यालयका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा जनसरोकारका समसामयिक विषयमा छलफल हुनेछ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै संसद्मा कांग्रेसले अपनाउने आगामी रणनीतिबारे समेत बैठकमा छलफल हुने बताइएको छ।

त्यस्तै, देशका विभिन्न क्षेत्रमा देखिएका प्राकृतिक विपद्, बाढी–पहिरोबाट भएको क्षति तथा प्रभावित नागरिकका तत्कालीन समस्याका विषयमा पनि बैठकमा समीक्षा हुने जनाइएको छ।

बैठकमार्फत समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा स्पष्ट पार्नुका साथै संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने रणनीति तय गरिने कांग्रेसले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय