spot_img

बाढीपीडितका लागि एमालेले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने

spot_img
spot_img

काठमाडौं,१५ भदौ । नेकपा एमालेले बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारलाई १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने घोषणा गरेका हुन्।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँका दरले २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरेका थिए। सहयोग रकम ग्रहण गर्दै ओलीले विपद्का बेला पार्टीका तर्फबाट केन्द्रदेखि स्थानीय तहसम्म आवश्यक सहयोग परिचालन गरिने बताए।

उनले भोटेकोशीसहित रसुवामा बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पार्टीले थप रकम जुटाउने जानकारी दिए। एमालेले विपद् व्यवस्थापनका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत पीडितसम्म सहयोग पुर्‍याउने जनाएको छ।

ओलीले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताउँदै सरकारको राहत तथा उद्धार अभियानमा पार्टीको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय