spot_img

रसुवा बाढीमा ठूलो मानवीय क्षति : ९८७ जनाको मृत्यु, २७९ घाइते

spot_img
spot_img

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। बाढीपछि बेपत्ता भएकामध्ये मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट शव फेला परेका छन्। रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८ जनाको शव फेला परेको छ।

त्यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा सबैभन्दा बढी ३२१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। बाढीको घटनापछि हालसम्म ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्। साथै, २७९ जना घाइते भएका छन्।

विपद्पछि विभिन्न सुरक्षा निकाय तथा उद्धार टोलीको प्रयासमा हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय