spot_img

रसुवा बाढीपीडितका लागि अमेरिकाबाट आयो ४० टन आपतकालीन राहत सामग्री

spot_img
spot_img

काठमाडौं,१७ भदौ । रसुवा बाढीबाट प्रभावित पीडितका लागि अमेरिकाबाट पठाइएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ।

अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको उक्त राहत सामग्री काठमाडौं आइपुगेको हो। राहत सामग्रीमार्फत बाढी प्रभावित क्षेत्रमा रहेका करिब २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सामग्रीमा पानी शुद्धीकरणका लागि फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्तीहरू समावेश छन्।

अमेरिकी दूतावासले नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय गरी प्रभावित क्षेत्रको आवश्यकताअनुसार जीवनरक्षक तथा आपतकालीन सहायता उपलब्ध गराउने काम भइरहेको जनाएको छ।

रसुवा बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री शीघ्र उपलब्ध गराउन स्थानीय स्तरमा कार्यरत विभिन्न संस्थामार्फत राहत वितरण गरिने जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय