spot_img

बैंकर्स एसोसिएसन वीरगञ्जको रक्तदानमा ९ महिलासहित १११ जनाले दिए रगत

spot_img
spot_img

वीरगन्ज, १७ भदौ । बैंकर्स एसोसिएसन वीरगञ्जले बाढी–पहिरो प्रभावितको सहयोगार्थ आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिलासहित १११ जनाले रक्तदान गरेका छन्।

विशेषगरी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आयोजित कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीसहित अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो।

एसोसिएसनका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दहाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले विपद्का बेला रक्तदानजस्तो मानवीय सेवाले रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवा नेता अरविन्द सिंहलगायतको उपस्थिति थियो।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। केन्द्रको टोलीले रक्तदाताको स्वास्थ्य परीक्षण तथा रक्त संकलनको व्यवस्था गरेको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका कोषाध्यक्ष अभिलाष गुप्ताको समेत उपस्थिति थियो।

बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले विपद्का बेला आवश्यक पर्ने रगत संकलनसँगै रक्तदानप्रति जनचेतना अभिवृद्धिमा समेत सहयोग पुगेको आयोजकले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय