spot_img

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि धोबिनी गाउँपालिकाले ५ लाख ११ हजार सहयोग गर्ने

spot_img
spot_img

वीरगन्ज,१७ भदौ । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पर्साको धोबिनी गाउँपालिकाले ५ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

धोबिनी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि गाउँपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन्।

बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएकाले पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गर्न लागिएको अध्यक्ष चौहानले बताएका छन्।

प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिकाले सहयोगको हात अघि बढाएको उनको भनाइ छ। उनले प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

अध्यक्ष चौहानले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत राहत तथा उद्धार कार्यमा सहयोग गर्न आह्वान गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय