spot_img

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित

spot_img
spot_img

काठमाडौँ,१७ भदाै । प्रतिनिधिसभाको बुधबारको बैठक बिहीबार भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकका कार्यसूची सम्पन्न गर्दै अर्को बैठक बिहीबार बस्ने गरी स्थगित गरेका हुन्।

बुधबारको बैठकले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो।

प्रस्तावमार्फत बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, बेपत्ता नागरिकको खोजीलाई तीव्रता दिन तथा बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट भएको क्षति र सरकारले उद्धार तथा राहतका लागि चालेका कदमबारे संसद्लाई जानकारी गराएका थिए। उनले बाढीबाट भएको मानवीय क्षति, राहत कोषको अवस्था तथा उद्धारका क्रममा देखिएका प्राविधिक चुनौतीबारे सांसदहरूलाई अवगत गराए।

यसैगरी, विभिन्न राजनीतिक दलका नेताहरूले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र सरकारको कार्यशैलीबारे धारणा राखेका थिए। उनीहरूले उद्धार कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा विपद् व्यवस्थापनमा थप प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका थिए।

सांसदहरूले विपद्को सामना गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति र समन्वय आवश्यक रहेकोमा समेत जोड दिएका छन्।

अब प्रतिनिधिसभाको अर्को बैठक बिहीबार भदौ १८ गते दिउँसो १ बजे बस्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय