spot_img

सुन्दर राउत कुर्मी बने एमाले वीरगन्ज महानगर कमिटीको संयोजक

spot_img
spot_img

वीरगन्ज,१७ भदौ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको संयोजकमा सुन्दर राउत कुर्मी नियुक्त भएका छन्। नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले बुधबार कुर्मीलाई महानगर कमिटीको संयोजकमा नियुक्त गरेका हुन्।

भदौ २ गते सम्पन्न एमाले पर्सा जिल्ला कमिटीको बैठकले रिक्त रहेको वीरगन्ज महानगर कमिटीको अध्यक्ष र उपाध्यक्ष पदमा पदपूर्ति गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार महानगर कमिटीको संयोजकको जिम्मेवारी कुर्मीलाई दिइएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिए।

महानगर कमिटीको नेतृत्व चयनका लागि पार्टीले गरेको निर्णयअनुसार कुर्मीलाई संयोजकको जिम्मेवारी दिइएको एमाले पर्साले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय