spot_img

हवाई इन्धन चोरी आरोपमा ६ जना धरौटीमा, मुख्य आरोपी सुनैन मियाँ फरार

spot_img
spot_img

वीरगन्ज,१७ भदाै । हवाई इन्धन चोरी गरेको आरोपमा पक्राउ परेका ६ जनालाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। भदौ २१ गते पक्राउ परेका सात जनामध्ये अदालतले मंगलबार ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो।

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार चार जनासँग जनही २५ हजार रुपैयाँ र दुई जनासँग जनही ४५ हजार रुपैयाँ धरौटी माग गरिएको छ। मंगलबार अबेरसम्म चलेको थुनछेक बहसपछि अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले उमेश राना मगर र मन्द सिंह लामासँग जनही ४५ हजार रुपैयाँ धरौटी माग गरेको छ। त्यस्तै असलम हवारी, रफिक मियाँ, सन्देश राना मगर र केशर राना सुनारसँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।

घटनाका मुख्य आरोपी तथा पेट्रोल पम्प सञ्चालक सुनैन मियाँ भने अदालतमा हाजिर नभएको बताइएको छ। मियाँको हकमा मंगलबार कुनै आदेश नभएको र उनी हाजिर भएपछि मात्रै थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ।

यसअघि भदौ २ गते अदालतले मियाँ बिरामी रहेको भन्दै पाँच दिनको म्यादभित्र अनुसन्धान पूरा गरी मुद्दा बुझाउन वा अनुसन्धान नसकिए उनलाई बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। सो आदेशपछि मियाँ रिहा भएका थिए।

प्रहरीले अनुसन्धान पूरा गरी मुद्दा अदालतमा बुझाए पनि मियाँ भने अदालतमा हाजिर नभएको जनाइएको छ। प्रहरीले हवाई इन्धन चोरी प्रकरणमा मियाँलाई मुख्य आरोपीका रूपमा राखेर अनुसन्धान गरेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय