spot_img

टिपरको ठक्करबाट बारामा शिक्षकको मृत्यु

spot_img
spot_img

बारा, २० भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा टिपरको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ ।

शनिबार दिउँसो भएको दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको हो ।

चौरेल कलैया उपमहानगरपालिका–२४ मनहर्वास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए ।

प्रहरीका अनुसार पिलुवाबाट प्र.२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकलमा पथलैयातर्फ आउँदै गरेका चौरेललाई बैजुरा पुलमा निजगढतर्फ जाँदै गरेको ना.१अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते चौरेललाई तत्काल उद्धार गरी वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय