spot_img

सरकारी गाडीसहित क्यासिनो पुगेका सखुवाप्रसौनी अध्यक्ष यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जना पक्राउ

spot_img
spot_img

वीरगंज,२१ भदौ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। यादवसँगै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

 

 

शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगंजस्थित गण्डकमा रहेको क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट गाउँपालिका अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार अध्यक्ष यादव गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो प्रयोग गरी क्यासिनो परिसरमा पुगेका थिए। प्रहरीले उक्त सरकारी सवारीसाधनसमेत नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले यादवसँगै क्यासिनोमा प्रहरी निरीक्षक प्रदीप पौडेलसमेत रहेको र उनलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

घटनामा नियन्त्रणमा लिइएका अन्य व्यक्तिहरूको पहिचान तथा उनीहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै विस्तृत विवरण पछि सार्वजनिक गरिने बताए।

नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न प्रतिबन्ध रहेको अवस्थामा जनप्रतिनिधि सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो परिसरमा पुगेको घटनाले सरकारी स्रोतसाधनको प्रयोग तथा जनप्रतिनिधिको आचरणमाथि प्रश्न उठाएको छ।

यद्यपि, पक्राउ परेका व्यक्तिहरू क्यासिनोमा कुन प्रयोजनले पुगेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको थप आधिकारिक विवरण सार्वजनिक भएपछि मात्रै वास्तविक अवस्था स्पष्ट हुने प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय