spot_img

काठमाडौंका सार्वजनिक स्थलमा मधेसी समुदायलाई अपमानित गर्ने अभिव्यक्ति लेख्ने युवक पक्राउ

spot_img
spot_img

काठमाडौं,२१ भदौ । मधेसी समुदायलाई लक्षित गरी अपमानजनक तथा भड्काउ अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङको बाक्सिला निवासी ३५ वर्षीय विशाल गुरुङ रहेका छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार गुरुङले काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा मधेसी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भावमा असर पुग्ने किसिमका अभिव्यक्ति लेखेका थिए।

उनलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउन नहुने कसुरमा पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय