spot_img

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को फाइनलमा पाँच विद्यालय

spot_img
spot_img

वीरगन्ज,२१ भदाै । प्याब्सन वीरगन्जको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फको फाइनलका लागि पाँच विद्यालय छनोट भएका छन्।

क्वालिफिकेशन राउन्डअन्तर्गत विभिन्न पाँच समूहमा भएको प्रतिस्पर्धाबाट गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, मास्कट एकेडेमी, साउथ जोन सेकेन्डरी स्कुल, रोयल एकेडेमी र ज्ञानज्योति माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका हुन्।

समूह ‘ए’ बाट गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, ‘बी’ बाट मास्कट एकेडेमी, ‘सी’ बाट साउथ जोन सेकेन्डरी स्कुल, ‘डी’ बाट रोयल एकेडेमी र ‘ई’ बाट ज्ञानज्योति माध्यमिक विद्यालयले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

क्वालिफिकेशन राउन्डमा पाँच समूहमा गरी ३१ विद्यालय सहभागी थिए। समूह ‘बी’ मा सात तथा अन्य चार समूहमा छ–छ विद्यालयबीच भएको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्दै पाँच विद्यालय फाइनलमा पुगेका हुन्।

सिनियरतर्फको फाइनल प्रतियोगिता भदौ २३ गते बिहान १० बजेदेखि डिएभी स्कुलमा हुने प्रतियोगिता संयोजक तथा प्याब्सन वीरगन्जका सचिव अमित आलोकले जानकारी दिए। फाइनलमा पाँच विद्यालयबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

यसअघि वीरगन्ज–ज्योतिनगरस्थित लिटल एन्जल्स स्कूलमा क्वालिफिकेशन राउन्ड सञ्चालन गरिएको थियो। प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवले गरेका थिए। दुवै अध्यक्षले गमलामा पानी हालेर प्रतियोगिताको क्वालिफिकेशन राउन्डको उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए। कार्यक्रममा प्याब्सन वीरगन्जका नगर सदस्य विजय बल र सुमित कलवार, प्रेस कोर्डिनेटर दीपु बर्नवाल, लिटल एन्जल्स स्कूलका प्रधानाध्यापक सन्नी पाख्रिन, विद्या सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक लाल बहादुर गुरुङलगायतको उपस्थिति थियो।

अब पाँच विद्यालयले फाइनलमा उपाधिका लागि आफ्नो ज्ञान, तर्कशक्ति र हाजिरीजवाफ क्षमताको प्रतिस्पर्धा गर्नेछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय