सुनसरी,२२ भदौ । सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव रहेका छन्। सोमबार बिहान भैँसी चराउन गएका बेला पानीसँगै परेको चट्याङ लाग्दा यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए।
चट्याङ लागेर गम्भीर भएका यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।





