spot_img

भोटेकोशी बाढीपीडितका लागि पथलैयामा ५० जनाले गरे रक्तदान

spot_img
spot_img

बीरगन्ज,२३ भदौ । भोटेकोशी बाढीपीडितको सहयोगार्थ बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।

पथलैया वडा कार्यालयको सहयोगमा पथलैया युवा जागरण क्लब र पथलैया दिव्यज्योती क्लबले मंगलबार आयोजना गरेको कार्यक्रममा १२ महिलासहित ५० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।

बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका युवालगायत स्थानीयको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

रक्तदान गर्नेमा मिनाकुमारी लामा, मञ्जुदेवी बानियाँ, चन्द्रकला लामिछाने, रचना भट्ट, पूर्णवती आचार्य, सिर्जना श्रेष्ठ, गायत्री थपलिया, अनु लामिछाने, अस्मिता लामिछाने, तारा आचार्य, बिना पौडेल, चित्रकुमारी थापा कार्कीलगायत रहेका छन्।

त्यस्तै शम्भु मण्डल, भुवन चाम्लिङ राई, राजेन्द्र खतिवडा, पासाङ लामा, विकास श्रेष्ठ, केशु थापामगर, तोयानाथ खनाल, प्रविण साह, मनिक धाउजु, सुमन थापामगर, नवीन ढुंगेल, प्रिन्स साह, मुकेश राउत, अशोक मण्डल, सन्नी साह, रोहित गुप्ता, जीतेन्द्र दास, उत्सव कंसकार, सुदर्शन श्रेष्ठ, रिपु तिवारीलगायतले पनि रक्तदान गरेका थिए।

आयोजकका अनुसार विपद्का बेला रक्त अभाव हुन नदिन तथा बाढीपीडितको सहयोगमा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय