spot_img

विपद्पीडितको राहत र पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : उपेन्द्र यादव

spot_img
spot_img

बीरगन्ज,२३ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिका कारण सहाराविहीन बनेका नागरिकको संरक्षण र पुनर्स्थापनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।

जसपा नेपालको जिल्ला समितिले मंगलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बाढीपीडित तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको दीर्घकालीन पुनर्स्थापना र संरक्षणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

ठूला तथा विकसित राष्ट्रहरूले गरेका गल्तीको असर नेपालजस्ता साना र विकासोन्मुख देशहरूले समेत भोग्नुपरेको उल्लेख गर्दै यादवले प्राकृतिक विपत्तिबाट पीडित नागरिकका पक्षमा न्याय र उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा समेत आवाज उठाउनुपर्ने बताए।

उनले यस विषयमा नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट र जोडदार रूपमा आफ्नो धारणा राख्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता र अगुवाहरूको सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय