spot_img

बालिका हत्या प्रकरणमा पक्राउ परेका १० जना रिहा

spot_img
spot_img

बारा, २६ भदौ । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १० जनालाई बारा जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य प्रतिवादी पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य ९ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो। अदालतले पर्याप्त र ठोस प्रमाण नपुगेको भन्दै यस्तो आदेश दिएको जनाएको छ।
पीडितका बुवा मनोज चौधरीको किटानी जाहेरीका आधारमा उनीहरूलाई अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतमा पेस गरिएको थियो। अदालतको आदेशपछि उनीहरू बिहीबार साँझ हिरासतमुक्त भएका छन्।

यसअघि घटनामा संलग्न भनिएका दुई नाबालकलाई भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म वीरगञ्जस्थित बाल सुधार गृहमा पठाउने आदेश अदालतले दिएको थियो। पक्राउ परेका दुई नाबालकमध्ये एक जनाले बालिकालाई चकलेट दिएर बलात्कार पछि हत्या गरेको स्वीकार गरिसकेका छन् र उनको बयान घटनास्थल तथा शवको अवस्थासँग मिलेको प्रहरीको भनाइ छ।
गत साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको शव भदौ २ गते घरनजिकैको खाली घरमा फेला परेको थियो। घटनापछि देशभर विरोध प्रदर्शन भएको थियो। पीडित परिवार र सरकारबीच तीनबुँदे सहमति भएपछि भदौ ७ गते बालिकाको अन्त्येष्टि गरिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय