spot_img

सिरहामा कुटपिटबाट १७ वर्षीय युवक घाइते, दुई जना पक्राउ

spot_img
spot_img

सिरहा,२६ भदौ । सिरहाको लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा भएको कुटपिटमा एक जना युवक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कुटपिटबाट भगवानपुर गाउँपालिका–५ इनरवा निवासी १७ वर्षीय आयुषकुमार मण्डल घाइते भएका हुन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका–२ का १९ वर्षीय राजु यादव र वडा नम्बर १ का २० वर्षीय बलराम यादवलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।

घाइते आयुषको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ । कुटपिटको कारण तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय