spot_img

ग्यास अभावविरुद्ध विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

spot_img
spot_img

काठमाडौं,२६ भदाै । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन्।

ग्यासको मूल्य बढे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको भन्दै विद्यार्थीहरूले निगमको मुख्यालयअगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले थाल तथा खाली ग्यास सिलिन्डर बोकेर विभिन्न नारासहित विरोध जनाएका थिए।

प्रदर्शनकारीहरूले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निगमसँग माग गरेका छन्।

यसैबीच, नेपाल आयल निगमले भने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि ग्यासको नियमित ढुवानी प्रभावित भएको जनाएको छ। सडक अवरुद्ध भएपछि ग्यास आपूर्तिका लागि वैकल्पिक मार्ग प्रयोग गरिरहेको निगमको भनाइ छ।

निगमका अनुसार सडक नियमित सञ्चालनमा नआएसम्म तराई क्षेत्रमा रहेका ग्यास उद्योगबाट सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिएको छ।

तर निगमले वैकल्पिक आपूर्ति व्यवस्था मिलाइएको दाबी गरे पनि बजारमा ग्यासको अभाव कायमै रहेको भन्दै उपभोक्ता र विद्यार्थी संगठनहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले आपूर्ति व्यवस्था तत्काल सहज बनाउन सरकार र निगमको ध्यानाकर्षण गराएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय