काठमाडौँ,२६ भदाै । प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ।
शुक्रबार बसेको बैठकमा कार्यसूचीमा रहेका विभिन्न विधेयकमाथिको छलफल तथा निर्णय प्रक्रिया अघि बढाइएको थियो। कार्यसूचीअनुसारका काम सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
सभामुख अर्यालले अर्को बैठक भदौ ३० गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरे।
शुक्रबारको बैठकमा दुईवटा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएका थिए।





