spot_img

नेपालले असंलग्न र सन्तुलित विदेश नीति अपनाउनुपर्छ : झलनाथ खनाल

spot_img
spot_img

काठमाडौं,२७ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो श्रृङ्खलामा बोल्दै खनालले नेपालले असंलग्न र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाल–चीन सीमापार रेलवे तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने बताए । चीनसँगको सहकार्यमा ‘बीआरआई’ फ्रेमवर्कलाई अघि बढाउने, चिनियाँ लगानी आकर्षित गर्ने र सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो ।

खनालले चीनको विकास मोडल तथा सामाजिक स्थायित्वबाट नेपालले सिक्न सक्ने बताए । नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी तथा मित्रराष्ट्रसँग आर्थिक र विकास साझेदारी विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनको असरबाट नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै खनालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जलवायु परिवर्तनको प्रभाव कुनै एक देशले मात्र सामना गर्न नसक्ने बताउँदै राजदूत चाङले हिमालयको पारिस्थितिक प्रणाली संरक्षणका लागि नेपाल र चीनले संयुक्त रूपमा काम गर्नुपर्ने बताए ।

उनले मौसम तथा जलविज्ञानसम्बन्धी पूर्वसूचना प्रणालीलाई बलियो बनाउने, संयुक्त आपत्कालीन अभ्यास सञ्चालन गर्ने तथा विपद् न्यूनीकरणमा सहकार्य बढाउने आवश्यकता औँल्याए ।

चिनियाँ राजदूतले कनेक्टिभिटी, व्यापार, लगानी, ऊर्जा, जलविद्युत्, कृषि, पर्यटन तथा डिजिटल विकासका क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्न चीन इच्छुक रहेको बताए । विपद् वा अन्य बाह्य चुनौती आइपरे पनि चीन सधैँ नेपालको साथमा रहने उनको भनाइ थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय